गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु
हावाहुरीले बिजुलीको तारमा रुख ढलेको र त्यहीँबाट बस पार हुँदा बसमा करेन्ट प्रवाह हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
सल्यान, असार २१ : यात्रुवहाक बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरमा बिहीबार सल्यानको राप्ती चोर खोला नजिकै करेन्ट लागेको थियो।
हावाहुरीले बिजुलीको तारमा रुख ढलेको र त्यहीँबाट बस पार हुँदा बसमा करेन्ट प्रवाह हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा परी रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको छ । उनीहरू बाबु छोरा भएको बताइएको छ।
प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार