बालुवाटारमा सत्ता गठबन्धनको बैकठ जारी

काठमाडौं, असोज २२ : सत्ता साझेदार ७ दलको बैठक बालुवाटारमा जारी छ।
बैठकमा समसामयिक राजनीति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी छन्।
प्रकाशित मिति: ११:०० बजे, बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











