Kathmandu Press

राष्ट्रियसभाको बैठक आज बस्दै

सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि बुधबारको बैठक बस्न सकेको थिएन ।
राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं, असार २१ : राष्ट्रियसभाको बैठक आज बस्दै छ । नेकपा ९एमाले०को अवरोधपछि स्थगित भएको बैठक आज दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि बुधबारको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभाको बैठक पनि एमाले सांसद्हरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि अवरुद्ध भएको थियो । प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि बोलाइएको छ ।

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, असार २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्