हर्क साम्पाङविरूद्धको मुद्दामा अन्तरिम आदेश दिन उच्च अदालतद्वारा अस्वीकार
न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले साङपाङविरुद्धको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
मोरङ, असार २० : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरूद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै बोर्ड सदस्य तथा स्थानीय उद्योग वाणिज्य संघको तर्फबाट विजय श्रेष्ठले रिट निवेदन दर्ता गरेका थिए।
उनले बोर्डका अध्यक्षका रूपमा रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहरूले अन्तरिम आदेशको माग गर्दै उच्च अदालत विराटनगरमा रिट हालेका थिए।
न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले साङपाङविरुद्धको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
बोर्ड सदस्य श्रेष्ठले साम्पाङले एकतर्फी रूपमा कार्य गरिरहेको, विगत एक वर्षदेखि बोर्ड बैठक नराखी विभिन्न कार्य गरेको, आर्थिक पारदर्शिता कायम नगरेको हुँदा बोर्डका अन्य सदस्यलाई समेत समस्या पर्ने देखिएको भन्दै उच्च अदालतमा रिट हालेका थिए।











