Kathmandu Press

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन, अर्काे बैठक शुक्रबार बस्ने

पुष्पकमल दाहालले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको बधुबारको दोस्रो बैठक सूचना टाँसेर स्थगन गरिएको हो।
प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन, अर्काे बैठक शुक्रबार बस्ने

काठमाडौं, असार २० : प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठक सूचना टाँसेर स्थगन भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको बधुबारको दोस्रो बैठक सूचना टाँसेर स्थगन गरिएको हो।

बधुबार दिउँसो ३ बजेका लागि तय भएको बैठक सोही विवादका कारण निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहालले हालै एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारतको नयाँदिल्ली गएको सन्दर्भ उल्लेख गरेकोमा विपक्षीले आपत्ति जनाएउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

प्रतिपक्षी दलहरुले राजीनाम नदिएसम्म संसद चल्न नदिने बताएपछि सभामुख देवराज घिमिरले बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए। तर, साँझ ७ बजे सूचना टाँसेर अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजेका बोलाइएको छ।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्