Kathmandu Press

६ महिनाभित्र बागमति किनारका सुकुम्बासी बस्ती हटाउन संसदीय समितिको निर्देशन

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठक बागमति किनारका सुकुम्बासी बस्तीलाई ६ महनिाभित्र व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।
६ महिनाभित्र बागमति किनारका सुकुम्बासी बस्ती हटाउन संसदीय समितिको निर्देशन

काठमाडौं, असार २० : बागमति किनारमा रहेका सुकुम्बासी बस्ती ६ महिनाभित्र हटाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठक बागमति किनारका सुकुम्बासी बस्तीलाई ६ महनिाभित्र व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

बागमति किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न समितिले सरकारलाई निर्देशन दिएको समितिका सचिव उदयकुमार भण्डारीले बताए।

बैठकले उच्चस्तरीय अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको सहयोगमा बागमति किनारको स्थलगत अवलोकन निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्