Kathmandu Press

प्रधानमन्त्रीको अभिव्यक्ति आलोचना योग्य छ, कांग्रेसको विमति छ : महामन्त्री शर्मा

‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो अभिव्यक्ति आलोचनाका लागि योग्य छ। उहाँले गलत बोल्नुभएको छ, त्यसमा मेरो प्रष्ट रुपमा विमति छ,’ उनले भने।
प्रधानमन्त्रीको अभिव्यक्ति आलोचना योग्य छ, कांग्रेसको विमति छ : महामन्त्री शर्मा
फाइल तस्बिर।

काठमाडौं, असार २० : कांग्रेस महामन्त्री विश्वाप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति आलोचना योग्य भएको बताएका छन्।

बुधबार संसद् भवनबाट बाहिरिँदै उनले प्रधानमन्त्रीको अभिव्यक्ति आलोचना योग्य भएको बताउँदै यसमा कांग्रेसका पूर्ण विपति भएको प्रक्रिया दिए।

‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो अभिव्यक्ति आलोचनाका लागि योग्य छ। उहाँले गलत बोल्नुभएको छ, त्यसमा मेरो प्रष्ट रुपमा विमति छ,’ उनले भने।

महामन्त्री शर्माले नेपालको प्रधानमन्त्रीले नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने बताए।

‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो । प्रधानमन्त्रीले पनि संसद्काप्रति राख्ने सम्मान भुल्नु हुँदैन,’ उनले भने ‘नेपालको संसदीय परिपाटी, संसदको गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ।’

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्