प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्छ : उदयशमशेर राणा
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असार २० : नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन्।
उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थीरतातर्फ लैजान नहुने उल्लेख गरे। निर्वाचन भएको ८ महिनामा ८ वर्षमा हुने घटनाक्रमहरु भएको र सरकारले काम गर्न नपाएको भन्दै उहाले कांग्रेस सत्ता भन्दा पनि स्थिरतातर्फ केन्द्रीत भएको जिकिर गरे।
प्रकाशित मिति: १८:२४ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार