‘अभिव्यक्तिको आशय नबुझी प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मर्यादा विपरीत’
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसंग बुझ्ने अधिकार संसदले राख्ने भएपनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका हुन्।
काठमाडाैं, असार २० : माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत रहेको बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसदले राख्ने भए पनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादाविपरीत रहेको बताएका हुन्।
उनले संसदीय प्रक्रियालाई नै छाडेर संसद अवरुद्ध गर्नु उचित नभएको उल्लेख गरे। प्रधानमन्त्रीले आफ्नो कुरा नबताएकाे र प्रितम सिंहले ठीक गरेकाे भनी नभनेको बताउँदै यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको उनको भनाइ छ।
उनले व्यक्तिगत रुचि शुभेच्छालाई लिएर विवाद गर्नुपर्ने कारण नै नरहेको बताए।
प्रकाशित मिति: १७:३९ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











