Kathmandu Press

सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको हाे : ओली

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन्।
सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको हाे : ओली

काठमाडाैं, असार २० : एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन्। 

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताएका हुन्।

राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको प्रधानमन्त्रीको अभिव्यक्ति अशाेभनीय र आपत्तिजनक रहेको जिकिर ओलीले गरे।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो। 

प्रकाशित मिति: १७:१६ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्