Kathmandu Press

सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सेवा प्रणाली शुभारम्भ

बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।
सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सेवा प्रणाली शुभारम्भ

काठमाडाैं, असार २० : सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सहित विद्युतीय माध्यमबाट सेवा प्रणालीको शुभारम्भ भएको छ।

बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नयाँ सुविधायुक्त सवारी चालक अनुमतिपत्रको अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।

नयाँ प्रणालीलाई कास्कीबाट सुरु गरिसकेको र एक महिनाभित्र देशका सवै कार्यालयबाट अनलाईन प्रणालीबाट काम हुने भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

नयाँ अनलाईन सेवा मार्फत राजस्व भुक्तानीका साथै स्वास्थ्य परिक्षणका सेवा पनि उपलव्ध हुने उहाले बताए। सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अनलाइन सेवाको शुभारम्भ गरिएको मन्त्री ज्वालाले बताए।

उनले यसको कार्यान्वयनमा सक्रिय रुपमा लाग्ने र यसलाई प्रभावकारी रुप्मा अघि बढाउने जानकारी दिए। सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने लक्ष्यका साथ अन्य विभिन्न निकायमा पनि अनलाईन प्रणाली लागू गर्दै जाने उनको भनाइ छ।

नयाँ व्यवस्थासंगै बायोमेट्रिक र परिक्षा दिन मात्रै यातायात कार्यालय जानुपर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्