लोकतन्त्रका उद्देश्य प्राप्तिमा देखिएका कमजोरी हटाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका
बुधबार सिंहदरबारमा आयोजित संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले हिजो समाजलाई अघि बढाउन सञ्चारजगतको ठुलो भूमिका रहेको भन्दै लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सवल बनाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।
काठमाडाैं, असार २० : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाएर सवल बनाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले हिजो समाजलाई अघि बढाउन सञ्चारजगतको ठुलो भूमिका रहेको भन्दै लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सवल बनाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्।
उनले संसदलाई राष्ट्रहितमा लैजान सञ्चारक्षेत्रको भूमिका रहेको र सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको बताए। उनले संसदलाई राष्ट्रको हितमा लैजान पनि संसदीय मामिला पत्रकार समाजले सकारात्मक भूमिका निर्वाह गर्ने जिकिर गरे।
त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदको राम्रो कुराको प्रचार नकारात्मक कुराहरुलाई चिखो ढंगले बाहिर ल्याउन सञ्चारजगतले भूमिका खेल्नुपर्नै बताए। उनले देशको विकास, समृद्धि गर्दै सुशासन कायम गर्नमा सबैको दायित्व भएको उल्लेख गरे। उनले स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचनको अभ्यास आजको आवश्यकता भएको धारणा रारे।
असार १६ गते सम्पन्न निर्वाचनबाट पत्रकार मनोज सत्यालको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो। समाजमा हाल १४५ सदस्य रहेका छन्।