Kathmandu Press

गृहमन्त्रीले गरे विमानस्थल परिसरमा रहेको मानवीय सहायता स्थलको निरीक्षण

गृहमन्त्रीले गरे विमानस्थल परिसरमा रहेको मानवीय सहायता स्थलको निरीक्षण

काठमाडाैं, असार २० : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको विमानस्थल परिसरमा रहेको मानवीय सहायता स्थलको निरीक्षण गरेका छन्।

बुधबार विपद् व्यवस्थापनको तयारी स्वरुप स्थापना गरिएको मानविय सहायता स्थलको गृहमन्त्री श्रेष्ठले निरिक्षण गरेका हुन्। त्यसक्रममा उनले मानवीय सहायता स्थलमा रहेका सामाग्रीका साथै आवश्यक तयारीका बारेमा जानकारी लिएका थिए।

नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको राष्ट्र भएकाले विपद् छिटोभन्दा छिटो उद्धार र राहतका सामाग्री लिएर जान सहज होस भनेर मानवीय सहायता स्थल बनाइएको गृहमन्त्री श्रेष्ठले बताए। उनले यसअघिको अनुभवबाट शिक्षा लिँदै मानविय सहायता स्थललाई धेरै सुधार गरेको र तयारीका काम पनि धेरै भएको उल्लेख गरे।

उनले विपद्पछि तुरुन्त सामग्री पठाउन सहज हुने विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल स्थापना गरिएको जानकारी दिए।

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्