३० मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित
सभामुख देवराज घिमिरेले आधा घन्छटाका लागि बैठक स्थगित गरेका हुन्।
काठमाडाैं, असार २० : प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली धाएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरु एमाले, रास्वपा, राप्रपाका सांसदहरूले सदनमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्छटाका लागि बैठक स्थगित गरेका हुन्।
बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले, राप्रपा र रास्वपाका सांसदहरु आआफ्नो ठाउँमा उभिएका विरोध जनाएका थिए।
त्यसपछि सभामुखले बोल्ने समय दिएपछि एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले एउटा पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति नेपालको स्वाभिमान गिरेको र नेपाली जनताको शिर हिुरिएको भन्दै राजीनामा मागेको थिए।
‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुपर्छ,’ उनले भने, ‘उहाँको राजीनामा नआएसम्म सदन चल्न सक्दैन।’
सभामुखले माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामुलाई बोल्ने समय दिएपछि विपक्षी सांसदहरुझनै आक्रोशित भएका थिए। त्यसपछि सभामुख घिमिरेले आधा घन्टाका आगि बैठक स्थगित गरेका हुन्।











