Kathmandu Press

एमालेले सदनमै माग्यो प्रधानमन्त्रीको राजीनामा

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले एउटा पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएको रसो अभिव्यक्तिले नेपालको स्वाभिमान गरेको भन्दै राजीनामा मागेको थिए। 
एमालेले सदनमै माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडाैं, असार २० : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ। बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुने एमाले सांसदहरु आआफ्नो ठाउँमा उभिएका थिए।

त्यसपछि एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले एउटा पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएको र सो अभिव्यक्तिले नेपालको स्वाभिमान गरेको भन्दै राजीनामा मागेको थिए।

‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुपर्छ,’  उनले भने, 'उहाँकाे राजीनामा नआएसम्म सदन चल्न सक्दैन।' 

पन्तले नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने हो वा जनतातर्फ फर्किने हो भन्दै प्रश्न गरे। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमानमा ठेस लागेको उनले बताए।

पन्तले लेन्डुप दोर्जेको दोस्रो संस्करण नचाहिने भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्दै अहिलेको अवस्थामा संसद चल्न नसक्ने स्पष्ट पारे।

राप्रपा र रास्वपाका सांसदहरुले पनि साे विषयमा विरोध जनाएका थिए।ए प्रतिपक्षी दलहरूको विरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए। 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्