Kathmandu Press

सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाको बैठक अवरुद्ध

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउदै एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो।
सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडाैं, असार २० : प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउदै एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो।

बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे। प्रधानमन्त्रीले भनेजस्तै भारतको इसारामा बन्ने प्रधानमन्त्री स्वीकार्य नहुने उनले बताए।

उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने बताएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगीत गरेका थिए। 

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्