कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले आज (बुधबार) केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन्।
काठमाडौं, असार २० : नेपाली कांग्रेसले असार २७ गते सुरू हुने गरी केन्द्रीय समिति बैठककाे मिति तय गरेकाे छ।
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले आज (बुधबार) केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन्।
झन्डै एक वर्षदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेकाे छैन। विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ।
बैठकमा निर्वाचनको समीक्षा, पार्टीका विभिन्न गतिविधिसहित समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ।
प्रकाशित मिति: १४:३२ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार