Kathmandu Press

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १२ देशका २२ चलचित्र

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिए।
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १२ देशका २२ चलचित्र

काठमाडाैं, असार २० : यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन्। 

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिए।

उनले भने, 'दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ, महोत्सवमा ११ देशबाट १० अफ्रिकन र नेपालबाट १२ चलचित्र तथा वृतचित्र सहभागी भएका छन्।'

महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार’ विषयमा अन्तरक्रियासमेत हुने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिए।

महोत्सवको आयोजना जमलस्थित नाचघरमा हुनेछ। 

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्