काठमाडौंको प्रजिअको जिम्मेवारीमा जितेन्द्र बस्नेत
हालका प्रजिअ घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि उनको ठाउँमा मन्त्रालयले बस्नेतलाई पठाएको हो।
काठमाडौं, असार २० : काठमाडौंको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी जितेन्द्र बस्नेतलाई दिइएको छ।
हालका प्रजिअ घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि उनको ठाउँमा मन्त्रालयले बस्नेतलाई पठाएको हो।
यसअघि बस्नेत गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख थिए।
बस्नेतले गोरखा, चितवन, पर्सामा पनि प्रजिअ भएर काम गरिसकेका छन्। उनी ८ वर्षअघि सहसचिव बनेका थिए।
प्रकाशित मिति: १३:३२ बजे, बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार