Kathmandu Press

प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले डाक्याे संसदीय दलकाे बैठक

प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति निन्दनीय भएकाे र त्यसले राष्ट्रको सार्वभौमिकतामा असर परेको एमालेका नेताहरूकाे भनाइ छ।
प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले डाक्याे संसदीय दलकाे बैठक

काठमाडौं, असार २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भनी दिइएकाे अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ।

साेही अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दलकाे बैठक आज (बुधबार) दिउँसो साढे १ बजे सिंहदरबारमा बस्दैछ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति निन्दनीय भएकाे र त्यसले राष्ट्रको सार्वभौमिकतामा असर परेको एमालेका नेताहरूकाे भनाइ छ। दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पनि उनीहरूकाे माग छ।

एमालेका नेताहरूका अनुसार कांग्रेसलगायत सत्ता साझेदार दलहरूले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेकाे र त्यसबारे गठबन्धनभित्र छलफलकाे तयारी भइरहेकाे छ।

काठमाडाैंमा सोमबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा उनले त्यस्ताे अभिव्यिक्त दिएका थिए।

 

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्