Kathmandu Press

मेलम्चीको पानी २ महिना काठमाडौं नआउने

सुरुङ बन्द गरिएपछि कम्तीमा पनि २ महिना उपत्यकामा मेलम्चीको पानी नआउने भएको हो। पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ।
मेलम्चीको पानी २ महिना काठमाडौं नआउने

काठमाडौं, असार २० : मेलम्चीको पानी कम्तीमा पनि २ महिना काठमाडौं उपत्यकामा नआउने भएको छ। बाढीका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको छ।

सुरुङ बन्द गरिएपछि कम्तीमा पनि २ महिना उपत्यकामा मेलम्चीको पानी नआउने भएको हो। पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ।

सुरुङको सुरक्षालाईसमेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले बताए।

दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ। खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जानकारी श्रेष्ठले दिए।

आयोजनाले दुई महिना बन्द हुने भने पनि वर्षा भइरहेमा पानी वितरण थप समय हुन नसक्ने प्राविधि बताउँछन्। पानी पर्नेवितिक्कै हेडवर्क्सको माथिल्लो भागबाट लेदो माटो बग्ने गरेको छ।

 

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्