जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने
जसपाले काठमाडौंको माइतीघरमण्डलामा बुधबार दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ।
काठडमाडौं, असार १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ।
हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
जसपाले काठमाडौंको माइतीघरमण्डलामा बुधबार दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ।
कार्यक्रममा सहभागी हुन जसपाले नेता, कार्यकर्तालगायत आमनागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा आह्वान गरेको छ। कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनको संयुक्त आयोजनामा हुने जनाइएको छ।
प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











