Kathmandu Press

फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न महानगरको निर्देशन

महानगरभित्र रहेका १७ सिनेमा हल र ६ क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो।
फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न महानगरको निर्देशन

काठमाडौं, असार १९ : काठमाडौंका फिल्म हल र क्यासिनालाई टिकट डिजिटाइज गर्नकाठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।

महानगरभित्र रहेका १७ सिनेमा हल र ६ क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो। महानगरको राजस्व विभागले पत्र लेख्दै उनीहरुलाई यस्तो निर्देशन दिएको हो।

‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिनभित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ,’ महानगरले भनेको छ।

बागमती प्रदेश सरकारले मनोरञ्जन कर चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर,नाटकघर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, दोहोरी साँझ, डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब, मसाज एवम् स्पा, जिपलाइन, बन्जिजम्प, स्वीमिङ पुल र पार्क लगायत मनोरञ्जन स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ।

उक्त व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्नेछ । यस्तै क्यासिनोमा प्रवेश गर्ने प्रतिव्यक्तिबाट ५० रुपैयाँ मनोरञ्जन कर छुट्याउनुपर्नेछ।

 

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्