Kathmandu Press

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको म्याद पुससम्म थप

दुवै आयोजको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको म्याद पुससम्म थप
फाइल तस्बिर ।

काठमाडौं, असार १९ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद आगामी पुससम्म थप गरेको छ। मन्त्रीपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएसँगै आयोगको म्याद पुससम्म थपिएको हो।

दुवै आयोजको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले रिक्त रहेको सचिव पदमा सहसचिव घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्