Kathmandu Press

भारतमा भएको राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने

राष्ट्रपति पौडेलको भारतमा उपचार गराउँँदै ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको थियो। सो खर्च सरकारले बेहोर्ने भएको हो।
भारतमा भएको राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, असार १९ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। असार १२ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो।

राष्ट्रपति पौडेलको भारतमा उपचार गराउँँदै ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको थियो। सो खर्च सरकारले बेहोर्ने भएको हो।

राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको समेत दैनिक भ्रमण भत्ता कटाएर हवाइ भाडा र उपचार खर्चको मात्रै बिल स्वीकृत भएको बताइएको छ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको हो।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्