राष्ट्रिय सभामा प्रधानमन्त्रीको जवाफ माग
आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भन्दै व्यक्ति विशेषलाई इंगित गरी प्रधानमनत्री प्रचण्डले अभिव्यक्ति दिएको भन्दै यस्ले राष्ट्रिय स्वाभिमानमा आँच आउने भनाई गौतमको थियो।
काठमाडौं, असार १९ : राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग भएको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको बताउँदै राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिन माग गरेकी हुन्।
आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भन्दै व्यक्ति विशेषलाई इंगित गरी प्रधानमनत्री प्रचण्डले अभिव्यक्ति दिएको भन्दै यस्ले राष्ट्रिय स्वाभिमानमा आँच आउने भनाई गौतमको थियो।
प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाइ फिर्ता लिनुपर्ने माग उनको छ।
प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार