Kathmandu Press

‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’

नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्दै उनले ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको बताए।
‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’

काठमाडौं, असार १९ : मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको छलफलमा सांसद रामचन्द्र राईले नागरिक उड्डयनको पाटोमा बढी ध्यान दिई मन्त्रीहरुले संस्कृतितिर ध्यान नदिएको आरोप लगाए।

नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्दै उनले ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको बताए। भौतिक एवं अभौतिक सम्पदा संरक्षणमा मन्त्रालयले ध्यान दिन नसकेको राईको भनाइ थियो।

संस्कृतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेर भौतिक एवं अभौतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्