Kathmandu Press

ललितपुर अदालतको तनाव समाधान गर्न प्रधानन्यायाधीशसँग छलफल

ललितपुर जिल्ला अदालतमा मंगलबारका लागि तय भएका सबै मुद्दाको सुनुवाई प्रभावित ठप्प भएको छ। सोमबार कानुन व्यवसायीले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका थिए।
ललितपुर अदालतको तनाव समाधान गर्न प्रधानन्यायाधीशसँग छलफल

काठमाडौं, असार १९ : कानुनव्यवसायीका कारण काम गर्न असुरक्षा र असहज रहेको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत पुगेका छन्।

ललितपुर जिल्ला अदालतमा मंगलबारका लागि तय भएका सबै मुद्दाको सुनुवाई प्रभावित ठप्प भएको छ। सोमबार कानुन व्यवसायीले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका थिए।

सर्वोच्च अदालतमा पुगेर अहिले न्यायाधीश र कर्मचारीले प्रधानन्यायाधीशसँग छलफल गरिरहेका छन् । जल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको बिषयमा तीनदिन देखि विवाद उत्पन्न हुँदै आएको छ।

यता, कानून व्यवसायीलाई झुटो मुद्दामा फसाइएको भन्दै नेपाल बार एसोसिएसन पनि आन्दोलनमा छ । विवादमा कर्मचारी र कानुनी व्यवसायी दुबै संस्था आन्दोलनमा उत्रिएका छन्।

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्