हनुमानढोका परिसरमा सवारीसाधन निषेध
‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले भने, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन्।’
काठमाडौं, असार १९ : हनुमानढोका परिसरमा सवारीसाधन निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले सम्पदाको मौलिकता जोगाउन भन्दै सो क्षेत्रमा सवारीसाधन निषेध गरेको हो।
महानगर प्रमुख बालेन शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए। ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले भने, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन्।’
वसन्तपुर क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौं पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन्।
मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको बताए ।
प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











