आर्नभ, निभिका र सायराले ‘टिन स्टार इन्टरनेसनल’मा भाग लिने
जुलाई ३ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन आर्नभ, निभिका र सायरा सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन्। प्रतियोगितामा ४५ देशका प्रतिस्पर्धी सहभागी हुने छन्।
काठमाडौं, असार १९ : थाइल्यान्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवाल सहभागी हुने भएका छन्।
जुलाई ३ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन आर्नभ, निभिका र सायरा सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन्। प्रतियोगितामा ४५ देशका प्रतिस्पर्धी सहभागी हुने छन्।
प्रतियोगितामा सहभागी १३ वषर््ीाय आर्नभ श्रेष्ठ काठमाडौं प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’का विजेता हुन्।
यस्तै, ११ वर्षीय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत छिन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन्।
१३ वर्षीया निभिका दुवाल लिटल वर्ल्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन्।
नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट बेटर ग्ल्यालेक्सीका सिइयो आफैले थाइल्यान्ड लिएर उडेका हुन्।
प्रतियोगिका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका छन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो।
कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गर्नेछन् ।












