‘रास्वपा संगठन विस्तारमा छ, सत्ता फेरबदलको खेलमा होइन’
मंगलबार धनगढी पुगेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुडेकाले सत्तको खेलमा नरहेको बताए।_Moment1687957044.jpg)
कैलाली, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता फेरबदलको खेलमा रहेको सभापित सभापति रवि लामिछानेले बताएका छन्। मंगलबार धनगढी पुगेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुडेकाले सत्तको खेलमा नरहेको बताए।
‘अघिल्लो पटक नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय लिएका हौं,’ धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सत्ता फेरबदलबारे सुनेपनि म न कुनै बैठकमा गएको छु, न कुनै नै चासो राखेको छु। कुनै पनि क्रियाकलापमा सहभागी छैनौं।’
कुनै दलको स्पष्ट बुहमत नभएका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने उनले बताए । लामिछानेले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेपनि सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए।
अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उनले बताए ।











