Kathmandu Press

शीर्ष नेतासँग सभामुखको छलफल जारी

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुख र शीर्ष नेताबीच छलफल भइरहेको बताइएको छ।
शीर्ष नेतासँग सभामुखको छलफल जारी

काठमाडौं, असार १९ : प्रमुख तीन दलका शीर्षनेतासँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन्।

सभामुख र शीर्ष तीन दलका शीर्ष नेताबीचको छलफलमा कानुनमन्त्री धनराज गुरुङ सहभागी छन्।

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुख र शीर्ष नेताबीच छलफल भइरहेको बताइएको छ।

प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समिति गठन भए पनि सभापति चयन हुन नसक्दा समितिले प्रभावकारी काम गर्न सकेका छैनन्। यस्तै, राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापतिविहीन छन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेताहरूलाई बोलाएका हुन्।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्