अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु
पोहिरोमा परी १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु वडाअध्यक्ष वडाअध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए।
अर्घाखाँची, असार १९ : अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। पाणिनी गाउँपालिका–१ गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हो।
पोहिरोमा परी १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु वडाअध्यक्ष वडाअध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए। उनीहरु गंगाका नातिनातिना हुन्।
पहिरोमा परी सचिन रास्कोटी सामान्य घाइते भएको बताइएको छ।
लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पूरेको छ।
प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











