कांग्रेसकाे वार्षिक क्यालेण्डरको मस्यौदा
क्यालेन्डरको मस्यौदामा पार्टी विधानअनुसार प्रत्येक दुई महिनामा बस्ने केन्द्रीय समिति बैठक हरेक दोस्रो महिनाको मसान्तमा बस्ने प्रस्ताव गरिएको छ।
काठमाडौं, असार १८ : विधानअनुसार पार्टी चलाउन नेपाली कांग्रेसले वार्षिक क्यालेन्डर बनाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधानअनुसार चलाउन वार्षिक क्यालेण्डर तयार पारेका हुन्।
पार्टीलाई विधि, विधान र नियमअनुसार चलाउन वार्षिक क्यालेण्डर तयार गरिएको महामन्त्री थापाले जानकारी दिए। क्यालेन्डरको मस्यौदामा पार्टी विधानअनुसार प्रत्येक दुई महिनामा बस्ने केन्द्रीय समिति बैठक हरेक दोस्रो महिनाको मसान्तमा बस्ने प्रस्ताव गरिएको छ।
नीति महाधिवेशन भदौमा गर्न प्रस्ताव गरिएको छ भने पार्टीको आन्तरिक सम्मेलन, निर्वाचित जनप्रतिनिधलाई प्रशिक्षण, महासमिति बैठक लगायत महत्वपूर्ण बैठकको मिति पनि क्यालेण्डरमै उल्लेख गरिने छ। केन्द्रीय समिति बैठकदेखि पार्टीका हरेक निकाय र संस्थालाई चुस्त र चलायमान बनाउन क्यालेन्डरको प्रस्ताव गरिएको हो।
महामन्त्रीद्वयले तयार पारेको क्यालेण्डर अब बस्ने केन्द्रीय समिति बैठकमा पेस गरी अनुमोदन गराउने तयारी छ।











