Kathmandu Press

भ्रष्टाचारविरोधी अभियानबाट पछि सरकार हट्दैन : महरा

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिक भएर अघि बढेको भन्दै वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका हुन्।
भ्रष्टाचारविरोधी अभियानबाट पछि सरकार हट्दैन : महरा

काठमाडाैं, असार १८ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले वर्तमान सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महराले नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणसम्म पुग्दा सरकार अडिक भएर अघि बढेको भन्दै वर्तमान सरकार सरकार भ्रष्टाचार विरोधी अभियानबाट पछि नहट्ने बताएका हुन्।

उनले सरकार विभिन्न समयमा भएका यस्ता काण्डहरुको एकपछि अर्को फाइल खोल्ने जिकिर गरे। अहिले सरकारका कामकारवाही सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ।

महराले समयमा नै पाठ्यपुस्तक उपलव्ध गराउनेदेखि मिटरव्याजी समस्या समाधान लगाएतका धेरै राम्रा काम गरेको दावी गरे।

यस्तै महराले सूचना प्रविधिको क्षेत्रमा आफूले १६ वर्ष पहिले गरेको कल्पना गरेको भन्दा विकास र प्रयोग अझ अघि बढेको जिकिर गरे।

सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर आफ्ना नीति तथा कार्यक्रममा समेटेको महराले बताए। 

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्