Kathmandu Press

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सार्ने गठबन्धनकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एसका नेता राजेन्द्र पाण्डले जानकारी दिए।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सार्ने गठबन्धनकाे निर्णय

काठमाडाैं, असार १८ : सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एसका नेता राजेन्द्र पाण्डले जानकारी दिए।

उनले कोसी प्रदेशभित्र सवैभन्दा ठुलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुराउने जिम्मा पनि कांग्रेसलाइ नै दिइएको बताए।

बैठकले विभिन्न प्रदेशमा मन्त्रीमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लागेको उहाले जानकारी दिए। त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उहाले बताउनुभयो।

बैठकमा बिभिन्न विश्वविद्यालयका पदहरुको व्यवस्थापन गर्ने बिषयमा पनि छलफल भएको पाण्डेले बताउए।

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्