Kathmandu Press

मन्त्रालयको निर्देशन नमान्ने मेसु तुरुन्तै फेर्ने मन्त्री बस्नेतको चेतावनी

स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले उक्त चेतावनी दिएका हुन्। मन्त्रालयको निर्देशन पालना नगरी जनस्वास्थ्यमा लापरबाही गर्ने अस्पतालका मेसु तुरुन्तै फेरिने भनाइ मन्त्री बस्नेतको थियो।
मन्त्रालयको निर्देशन नमान्ने मेसु तुरुन्तै फेर्ने मन्त्री बस्नेतको चेतावनी

काठमाडौं, असार १८ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेर्ने चेतावनी दिएका छन्। 

स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले उक्त चेतावनी दिएका हुन्। मन्त्रालयको निर्देशन पालना नगरी जनस्वास्थ्यमा लापरबाही गर्ने अस्पतालका मेसु तुरुन्तै फेरिने भनाइ मन्त्री बस्नेतको थियो।

सोमबार मन्त्री बस्नेतले पत्रकारसँग भने, ‘कुनै पनि अस्पतालमा मन्त्रालयको निर्देशन नमानेको जनस्वास्थ्य सेवामा हेलचेक्र्याइँ गरेको पाइए तुरुन्तै चेन्ज गरिन्छ। जनताको स्वास्थ्य सेवामा कन्जुस्याइँ गर्न पाइँदैन।’ 
 
प्रकाशित मिति: १५:३४ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्