Kathmandu Press

ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ 

प्रहरीले रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुलाई सीआईबीको हिरासतमा राखिएको छ।
ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ 

काठमाडौं, असार १८ : ललिता निवास भ्रष्टाचार प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुलाई सीआईबीको हिरासतमा राखिएको छ। पक्राउ परेका पोखरेल समर्जिङ कम्पनिका तत्कालिन प्रमुख हुन् भने महर्जन नक्कली मोही हुन्। 

सिआइबीले सोमबार बिहान काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।

बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ। पक्राउ परेका गुरुङसहित तीन जनालेसर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन्।
 
 

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्