प्रतिपक्षीका योजना बजेटमा समेटिने भएपछि वाग्मती प्रदेशको अवरोध हट्ने
बजेटमा योजनाहरु नसमेटिएको विषयमा विपक्षी दलले प्रदेशसभाको वैठकमा अवरोध गर्दै आएका थिए।
काठमाडौं, असार १८ : बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएपछि प्रदेश सभा वैठकको अवरोध हट्ने भएको छ।
बजेटमा योजनाहरु नसमेटिएको विषयमा विपक्षी दलले प्रदेशसभाको वैठकमा अवरोध गर्दै आएका थिए।
प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएपछि अवरोध हट्ने भएको हो। प्रदेशसभाको वैठक केहीबेरमा बस्ने तयारी छ।
प्रकाशित मिति: १४:४२ बजे, सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











