Kathmandu Press

एसिसी यू–१६ इस्ट जोन कप : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भीडन्त मलेसियासँग

मलेसियाको बायोमास ओभलमा सोमबार भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
एसिसी यू–१६ इस्ट जोन कप : सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भीडन्त मलेसियासँग

काठमाडाैं, असार १८ : नेपाल एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ। मलेसियाको बायोमास ओभलमा सोमबार भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।

अब नेपालले उपाधिका लागि घरेलु टोली मलेसियासँग खेल्ने छ। मलेसिया आजै हङकङलाई हराउँदै फाइनल पुगेको हो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटियो। उसका लागि रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाउँदा कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रनको योगदान दिए। अन्य ब्याट्सम्यान सस्तैमा पभेलियन फर्किए ।

सिंगापुरलाई सस्तैमा सकेट्ने क्रममा कृतिक कामतले सर्वाधिक ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चिए। अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले समान १ विकेट लिए। नरेनले ७ ओभरमा ४ रन मात्र खर्चिए।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सूर्यांशु कोइरालाले सर्वाधिक ४३ रन बनाउँदा निरजकुमार यादवले ४२ रनको योगदान दिए। यी दुईले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

यस्तै।, कप्तान अभिषेक तिवारी २५ रनको योगदान दिए। सिंगापुरका हरिहरणले ३ विकेट लिए।

 

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्