विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त बनाउनुपर्छ : महामन्त्री थापा
उनले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ रहेको पनि बताए।
काठमाडाैं, असार १८ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्ने र विश्वविद्यालयलाई राजनीतिक भागबन्डामुक्त बनाउनुपर्ने बताएका छन्।
जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सवका साथै गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनाले ऐन पारित नभएर मात्रै शैक्षिक क्षेत्रको सुधार नहुने भन्दै प्रयाप्त बजेट र प्राथमिकताका आधारमा शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले विश्वविद्यालय थला परेको अवस्थामा रहेको र यसको दोष राजनीतिक दलहरुले लिनुपर्ने धारणा राखे।
उनले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ रहेको पनि बताए। भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १३:४० बजे, सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











