लुम्बिनी प्रदेशसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षीको तयारी
प्रमुख प्रतिपक्षी एमालेले बजेटमा भएको मनोमानी सच्याउनु पर्ने र सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ।
दाङ, असार १८ : प्रतिपक्षीको विरोधका कारण दुई दिनदेखि लगातार अवरुद्ध हुँदै लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल गर्न असार १३ गते बोलाएको बैठक आधा घण्टा चलेर स्थगित भएको थियो। यस्तै असार १७ गतेको बैठक ५ मिनेटमै अवरुद्ध भएको थियो।
प्रमुख प्रतिपक्षी एमालेले बजेटमा भएको मनोमानी सच्याउनु पर्ने र सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नवाहालीको माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ। उसले लिखित प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएको छ।
प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधका कारण लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।
प्रकाशित मिति: ११:३८ बजे, सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











