Kathmandu Press

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

‘बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ,’ उनले भने, ‘आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ।’
‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

कास्की, असार १८ : एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरे।

‘बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ,’ उनले भने, ‘आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ।’

मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढंगले बजेट बाँडेको उनले आरोप लगाए। ‘पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन, तर कार्यकर्ताको खल्तीबाट आउको योजना जस्ताको तस्तै परेको छ,’ नेपालीले प्रश्न गरे, ‘योजना छनोटको मापदण्ड के हो ?’

उनले लक्ष्यहीन बजेटको कुनै परिणाम नदिने बताउँदै विगतका सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको बताए।

सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उनले उल्लेख गरे।

 

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्