Kathmandu Press

कम्युनिष्टबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध टुट्दैन : प्रधानमन्त्री

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने उल्लेख गरे।
कम्युनिष्टबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध टुट्दैन : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं, असार १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरूबीचको एकताको कुराले कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको एक कार्यक्रममा उनले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताए।

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने उल्लेख गरे।

‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ,’ उनले भने। उनले कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानु पर्ने बताए।

अहिले आफू प्रधानमन्त्री नबने जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेरै कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको उनले बताए । उनले भने, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ।’

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्