आज यी स्थानमा ठूलो पानी पर्ने सम्भावना
मौसमविद्का अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
काठमाडौं, असार १८ : आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसमविद्का अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ ।
प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार