कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि काठमाडौं महानगरले विद्यार्थी छनोट गर्ने
मेयर बालेन्द्र शाहले महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने बताएका हुन् । परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने शाहले बताए ।
काठमाडौं, असार १८ : काठमाण्डौ महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने भएको छ ।
मेयर बालेन्द्र शाहले महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने बताएका हुन् । परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने शाहले बताए ।
उनका अनुसार यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । यस अघि गएको बिहीवार मेयर बालेन्द्र शाहले निजी विद्यालयलाई सरकारी विद्यालयले सरह शिक्षकलाई तलब सुविधा दिन निर्देशन दिएका थिए ।
शिक्षा ऐन २०२८ र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७८ लाई उद्धृत गर्दै मेयर शाहले सरकारी सरह तलब नदिए उजुरी गर्न निजी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गरेका थिए । तर, उनको यो निर्देशनप्रति निजी विद्यालय सञ्चालकहरुले असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले यो निर्देशन कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका छन् ।