ललिता निवास जग्गा प्रकरणका थप ३ आरोपी प्रक्राउ
महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा–४ का तत्कालिन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए।
काठमाडाैं, असार १७ : ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप ३ जना आरोपी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो।
महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा–४ का तत्कालिन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए।
कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए। त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो।
प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की पक्राउ गरेको थियो । उनीहरु अहिले अनुसन्धानका लागि हिरासतमा छन्।
यस्तै, डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई पनि पक्राउ गरेको थियो। तर, उनीहरु अदालतको आदेशमा पक्राउ लगत्तै छुटेका थिए।











