Kathmandu Press

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान

प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ताको राय लिएर दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनेका छन्।
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान

मोरङ, असार १७ : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिँदै नयाँ सरकार गठनको आव्हान गरेका हुन्।

प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ताको राय लिएर दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनेका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार उक्त आह्वान गरेका हुन्।

अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्