Kathmandu Press

एमालेले भन्यो– बागमती प्रदेशको बजेट सन्तुलित भएन

संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विनियोजित बजेट पास हुन नदिने अडान दोहोर्‍याए।
एमालेले भन्यो– बागमती प्रदेशको बजेट सन्तुलित भएन

मकवानपुर, असार १७ : एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाए।

संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विनियोजित बजेट पास हुन नदिने अडान दोहोर्‍याए। नेता थपलियाले जनताको घर जग्गा जोगाउने, खहरे बाढी नियन्त्रण गर्न अति न्यून बजेट विनियोजित गरिएको भन्दै चिन्ता व्यक्त गरे।

सरकारको नीति तथा कार्यक्रम र बजेटको बीच कुनै पनि तालमेल नगरेको टिप्पणी गर्दै उनले बजेटमा विद्युतीय बस, सुरुङ मार्गजस्ता अघिल्लो सरकारले ल्याएको जनमैत्री र प्रदेश गौरवको योजनाको नाम बजेट विनियोजन नगरेको बताए।

नेता थपलियाले आफ्नो दलको तर्फबाट प्रस्तुत गरिएको ११ वटा माग पूरा नगरेसम्म बैठक अवरुद्ध गरिरहने जिकीर गरे।

 

प्रकाशित मिति: १९:११ बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्