शनिबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको सो सडक खण्ड आइतबार साँझ पौने ६ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको हो।
चितवन, वैशाख १७ : नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ। शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको सो सडक खण्ड आइतबार साँझ पौने ६ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको हो।
इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरोले सडक शनिबारदेखि अवरुद्ध भएको थियो। आइतबार दिनभर एक्साभेटरको प्रयोग गरी सडकमा खसेको पहिरो पन्छाइएको थियो ।
सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका छन्।
प्रकाशित मिति: १८:३३ बजे, आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











